Connect with us
Kapilvast Forest

ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

२०७८, २१ असार सोमबारमा प्रकाशित

accident

 

चितवन -ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरित तर्फबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई भरतपुर महानगरपालिका १ आँपटारीस्थित पानीटंकी ओरालोमा ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर पछाडि बसेकी देवघाट गाउँपालिका १ तनहुँ बस्ने अन्दाजी ४० वर्षीया चिनिमाया पौडेलको मृत्यु भएको छ ।

दुर्घटनाका घाइते भरतपुर महानगरपालिका ११ का ३५ वर्षीय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।त्यस्तै देवघाटकै ३० वर्षीय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षीया सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu