चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीसहित शीर्ष नेतासँग छलफल गर्ने
काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका शीर्ष नेताहरुसँग भर्चुअल छलफल गर्नुहुने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको अवसरमा राष्ट्रपति जिङपिङले भोलि मंगलबार शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको छ । मंगलबार अपरान्ह हुने भर्चुअल छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु पनि सहभागि हुने बताइएको छ । भर्चुअल बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ ।