Connect with us
Kapilvast Forest

९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो,घटनास्थल शिल

२०७८, २१ असार सोमबारमा प्रकाशित

चितवन -चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो ।

भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताउनुभएको थियो ।

 

घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उहाँको लोकेशन देखिएपछि प्रहरीले उहाँ अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो । उहाँ बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।

तर आइतबार उहाँको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । ‘अहिलेलाई घटनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उहाँले भन्नुभयो ।

जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उहाँको शव फेला परेको छ । प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडनुभएको थियो । उहाँ सोही दिनदेखि बेपत्ता हुनुभएको थियो । उहाँले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

एक सातादेखि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । ‘हामीले घटनाको दिनदेखि नै खोजी गरेका थियौं, सिआइबीको टोली पनि भण्डारामा आएर घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको थियो’ एसपी अधिकारीले भन्नुभयो खैरहनीका इन्सपेक्टरको टोली काठमाडौंमा गएर पनि केही कुरा बुझिरहेको थियो, तर युवतीको शव भेटिएको एकाएक खबर आयो ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu