Connect with us
Kapilvast Forest

बाणगंगाको ७ नं वडा लगातार ४ बर्ष नै योजना फर्स्यौटमा अब्बल  

२०७८, २२ असार मंगलवारमा प्रकाशित

 

हरि आचार्य कपिलवस्तु-
लगातार ३ बर्ष नै नगरपालिकामै सबै भन्दा छिटो योजना सम्पन्न गर्दै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ७ ले यस बर्ष पनि शत प्रतिशत योजना फर्स्यौट गरि नगरमै अब्बल सावित भएको छ । विगतका बर्षमा पनि नगरपालिकाका ११ वटै वडामध्ये सबै भन्दा छिटो छरितो योजना सम्पन्न गर्न सफल वडा नं. ७ ले चालु आर्थिक बर्ष २०७७/७८ मा पनि शतप्रतिशत योजना फर्स्यौट गरि सबै भन्दा अगाडि देखिएको छ ।

अर्थ मन्त्रालय महालेखा नियन्त्रकको कार्यालयको चलानी नं. ३६६ मिति २०७८/०३/१७ गतेको परिपत्रअनुसार आर्थिक बर्ष सकिन अगावै एक हप्ता वा असार २४ अगावै भुक्तानी निकासा बन्द गर्न आदेश भएको अवस्थामा कम प्रतिशत मात्र योजना सम्पन्न गर्ने वडाहरुले निकासा कसरी लिने हुन् जुन चासोको बिषय बनेको छ । यसरी जुन वडाका योजना धेरै छन् त्यही वडालेनै योजना छिटो छरितो सकेको अवस्था र योजना कम भएका वडाहरुले छिटो योजना सक्नुपर्नेमा पछाडि परेको तथ्यांकले देखाएको छ । साना योजना र ठुला योजनाको भुक्तानी प्रक्रिया उस्तै उस्तै रहेको हुन्छ ।

नगरपालिकाबाट प्राप्त असार २० गते सम्मको तथ्यांक अनुसार हालसम्मको वडागत विवरण यस प्रकार रहेको छ ।

 

चालु आथिक वर्षको अन्त्य सम्म आईपुग्दा वडा नम्बर ७ मा वडा स्तरका ५८ वटा योजना सम्पन्न भएका छन भने नगर स्तरका ७ वटा, प्रदेश स्तरका ४ वटा, राष्ट्रपति चुरे संरक्षणका २ वटा र केन्द्र स्तरको एउटा गरि जम्मा ७२ वटा योजना नगरमै छिटो छरितो फर्स्यौट गरि जनतालाई विकास निर्माणको अनुभुति गराउन सफल भएको छ । यसबाट वडा नं. ७ का जनप्रतिनिधि, टोल विकास संस्था, कर्मचारी, वडा नागरिक विकास निर्माणमा अत्यन्तै सक्रिय भई लागेको देखिन्छ ।

जम्मा जम्मि २ करोड ९७ लाख बराबरको योजना सम्पन्न गर्न सफल भएको वडा सदस्य मुम बहादुर पाण्डे एमव् कृष्ण प्रसाद खनालले जानकारी दिए ।

यसरि लगातार ४ बर्ष सम्म नगरको विकासमा सबै भन्दा छिटो योजनाहरु सम्पन्न गरेर जनतालाई विकासको अनुभुति प्रदान गर्न पाउँदा कस्तो अनुभव भएको छ भन्ने पत्रकारको जिज्ञासामा वडा नं. ७ का वडाअध्यक्ष बिष्णु गिरीले गर्व महशुस भएको भन्दै साथ दिने सबै वडावासीलाई उनले धन्यवाद दिएका छन् । वडाध्यक्ष गिरिले आगामि दिनमा पनि कुनै पुर्वाग्राही नराखि विशुद्ध वडावासीको आवश्यकता र मागलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

योसंगै टोल विकास संथाका अध्यक्ष राम बहादुर बस्नेत र भिम बहादुर थापाले प्रसन्नता व्यक्त गर्दै आगामि दिनमा पनि यसै गरि योजना सम्पन्न हुने धारणा व्यक्त गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu