Connect with us

पत्रकारमाथि आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति ध्यानाकर्षण

२०७८, २२ असार मंगलवारमा प्रकाशित

काठमाडौं– नेपाल पत्रकार महासङ्घ र शिक्षा पत्रकार सञ्जाल (इजाेन) ले पत्रकारमाथि भएकाे आक्रमणकाे घटनाप्रति गम्भीर ध्यानकर्षण भएकाे जनाएकाे छ ।

मनाेमानी शुल्क असुलेकाे समाचार सङ्कलनका क्रममा प्राइम टेलिभिजन र एभिन्युज टेलिभिजनका पत्रकारमाथि पिङ्गलास्थानमा रहेकाे प्यारागन पब्लिक स्कुलकाे व्यवस्थापनले नियाेजित रूपमा आक्रमण र क्यामेरा ताेडफाेड गरेकाे घटनाप्रति पत्रकार महासङ्घ र इजाेनले ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।

प्राइम टीभीका पत्रकार दीपक अर्याल र सुन्दरबहादुर गुरुङ तथा एभिन्युज टीभीका पत्रकार सराेज पाैडेल, सुरेश रजक र शीतल रिजालमाथि भएकाे आक्रमणकाे निन्दा गर्दै ताेडफाेड भएका सामग्रीकाे क्षतिपूर्तिका लागि सम्बन्धित विद्यालयसँग माग गरिएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu