Connect with us
Kapilvast Forest

पूर्वी नवलपरासीकी २१ वर्षीया युवती आठ दिनदेखि बेपत्ता

२०७८, २३ असार बुधबारमा प्रकाशित

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराउनु भएको छ ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उहाँको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उहाँका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

 

तर, अहिलेसम्म बिनाको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएको उहाँका पिता जयेश्वर सापकोटाले बताउनु भयो । उहाँका बुवाले छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताउनु भयो ।

भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले पनि स्वीकार गर्दै आएको छ । बिना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राख्नु भएकोथियो । उहाँ बिनाको घरमा आउ–जाउ गर्ने परिवारले जनाएकोछ । नौ महिना जति बेलायत बसेर युवक दाजुको बिहेमा सहभागी हुने भन्दै बैशाखमा नेपाल आउनु भएको थियो ।

युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ । उहाँहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिनु भएको छ । त्यहाँ युवतीको मोबाइलसमेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताउनु भयो ।

सोही दिन उहाँहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडनु भएको थियो । सोहीदिन ती युवकलाई छक्काएर बिना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । प्रवेश र बिनाको बुवाको बीचमा पटक–पटक कुराकानी भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताउनु भयो । प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।

‘केटीको घर मात्रै गैंडाकोट हो, घटना सबै चितवनमा भएकाले चितवन प्रहरीले नै यसको अनुसन्धान गरिरहेको छ’ खनालले भनिन्, ‘हामीले केटीको घरतिर र अन्य आसपासका ठाउँमा खोजी गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनाको छानविन भैरहेको बताउनु भयो । उहाँले नवलपुर प्रहरी र चितवन प्रहरीको समन्वयमा नै अनुसन्धानलाई अघि बढाइएको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu