Connect with us
Kapilvast Forest

ऐतिहासिक सन्धि सम्झौता र सीमासम्बन्धी नक्सा रहेको ‘लाल बाकस’ गायब

२०७८, २३ असार बुधबारमा प्रकाशित

new Nepal-Map-

 

काठमाडौं- राष्ट्रियसभाको एक समितिले तत्त्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ ।ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बकस अहिलेसम्म गायव छ ।

त्यो बाकस फेला परेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पार्ने इतिहासविद्को भनाइ छ ।राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविदसँगको छलmपलपछि लाल बाकसको खोजी कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

समितिको २०७७ ०७८ वार्षिक प्रतिवेदनमा पनि यसबारेमा उल्लेख गरिएको छ । तर, त्यो बाकस कसरी गायव भएको छ त्यसबारे थप अनुसन्धान भइरहेको समितिले जनाएको छ ।

यस क्रममा समितिले तत्कालीन राजदरबारका पदाधिकारी, परराष्ट्र अधिकारी, सैनिक अधिकारी, इतिहासविद् र अभिलेखालय प्रमुखसँग छलफल गरेको छ ।

उनीहरुले यो बाकस महत्वपूर्ण रहेको भन्दै खोजी गर्नुपर्ने बताएका थिए । इतिहासविद् ज्ञानमणि नेपाल, योगी श्रीषनाथ, इतिहासविद् महेशर।ाज पन्तले पनि लालबक्सको खोजी गर्नुपर्ने सुझाव दिएका छन् । नागरिक

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu