ईपीएललाई आईसीसीकाे मान्यता
काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई आयोजनाका लागि मान्यता दिएको छ।आयोजक ईपीएल प्रालिले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी असोजमा हुने चौथो संस्करणलाई आईसीसीले मान्यता दिएको जनाएको हाे।
नेपाल क्रिकेट संघ (क्यान)ले भने यसअघि नै ईपीएल आयोजनाका लागि अनुमति दिइसकेको छ। आईसीसीको मान्यता पाएसँगै विदेशी खेलाडीको लागि पनि ईपीएल खेल्ने बाटो खुलेको छ।