Connect with us
Kapilvast Forest

इङ्ग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान ९ विकेटले पराजित

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

इङ्ग्ल्यान्डको जितमा डेविड मालनले ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका सहिन साह अफ्रिदीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो ।

पाकिस्तानका लागि फखर जमानले ४७, शादव खानले ३० र सोहिब मक्सुदले १९ रन जोडे । यस्तै इङ्ग्ल्यान्डका शकिब महमुदले चार विकेट लिए भने क्रेग ओभर्टन र माट पर्किनसनले दुई/दुई विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu