Connect with us
Kapilvast Forest

कांग्रेसमा संस्थापनइतर एउटै उम्मेदवार बनाउने प्रयत्न

२०७८, २६ असार शनिबारमा प्रकाशित

 

काठमाडौँ — पार्टी सभापतिको प्रतिस्पर्धाका लागि कांग्रेसको संस्थापनइतर खेमाबाट एउटै उम्मेदवार बनाउन कसरत सुरु भएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीको संयोजनमा शुक्रबार उम्मेदवारका आकांक्षीसहित संस्थापनइतर पक्षको बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न एक जनाले मात्रै उम्मेदवार दिनुपर्नेमा आकांक्षीहरूबीच सहमति भए पनि कसले कसलाई छाड्ने भन्नेमा समझदारी हुन सकेको छैन ।

 

इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शेखर कोइराला आकांक्षी देखिनु भएको छ । नेता केसीले समझदारी जुटाउन प्रारम्भिक छलफल भएको बताउनु भएको छ ।

‘एकमात्रै उम्मेदवार हुनुपर्छ भन्नेमा आकांक्षीबीच सैद्धान्तिक समझदारी बने पनि कसले कसलाई छाड्ने, कुन मोडालिटी र आधारमा समझदारी गर्ने भन्नेबारेमा प्रारम्भिक छलफल मात्रै भएको छ,’ उहाँले भन्नु भयो , ‘जिल्ला सभापतिलगायत प्रतिनिधि साथीहरूको सल्लाहअनुसार हामी एउटै उम्मेदवार उठाउने प्रयत्न गर्छौं ।’ संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा दाबी गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu