एमाले विवादमा प्रचण्डको इन्ट्रि, नेपाललाई भेटेर ओली विश्वासयोग्य नभएको भने
काठमाडौं-नेकपा एमालेको विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इन्ट्रि भएको छ । एमाले विवाद समाधानका लागि अहिले कार्यदलले काम गरिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाललाई फकाइरहनु भएको छ ।
नेपालले गठबन्धनको साथ छाडेर ओलीसँग मिलेमा आफुहरु कमजोर हुने अवस्था आउने भएको कारण प्रचण्डले नेपालाई फकाइरहेको बताइन्छ ।शनिबार नेपाललाई भेटेर प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट धोका हुन सक्ने भन्दै सचेत गराउनु भयो ।
ओली विश्वासयोग्य नेता नभएको भन्दै प्रचण्डलाई नेपाललाई ओलीको भर नपर्न आग्रह गरेको स्रोत बताउँछ ।दाहालले नेपाललाई पाँच दलीय गठबन्धनबाट टाढा नहुने समेत आग्रह गर्नु भएको छ ।