Connect with us
Kapilvast Forest

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

२०७८, २६ असार शनिबारमा प्रकाशित

काठमाडौं-शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने विभागले बताएको छ। यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

‘देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,’ विभाज्ञले बुलेटिन जारी गर्दै भनेको छ, ‘त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu