Connect with us
Kapilvast Forest

लेनदेनको बिषयमा बिबाद हुँदा कुटपिट : पुरुषको मृत्यु, एकजना पक्राउ

२०७८, २६ असार शनिबारमा प्रकाशित

प्युठान- प्युठानमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ ।नौवहिनी गाउँपालिका – १ स्याउलीवाङ्गका ४६ बर्षीया बागविर बुढामगरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागबिरलाई स्थानीय शरद थापाले विहिबार साझ कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

बागबिर र शरदले प्युठान नगरपालिका वडा नं ७ कुरुवामा मजदुरी काम गर्दै आउनुभएको थियो। पैसाको लेनदेनको विषयलाई लिएर विवाद हुँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ।

कुटपीटपछि घाईते बागविरलाई शुक्रबार राती ८ः ४० बजे उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याईएको थियो । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार बागविरको शनिबार बिहान २ ः५० बजे उपचारका क्रममा मृत्यु भएको हो। कुटपीटमा संलग्न भनिएका शरदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मल्लले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu