कपिलवस्तुको खैरी, नौडिहवा खेलमैदान ब्यवस्थित गर्न माग
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ स्थित खैरी, नौडिहवा खेलमैदान ब्यवस्थित गर्न स्थानीयले माग गरेका छन । नौडिहवा गाउँको उत्तर तर्फ रहेको ३ विघामा फैलिएको खेलमैदान ब्यवस्थित नहुदा पशु चौपाया चरने क्षेत्र बन्दै गएको छ ।
पटक पटक शिवराज नगरपालिका र वडा कार्यालयलाई खेलमैदान ब्यवस्थापनको लागि आग्रह गर्दा कुनै सुनुवाइ नभएको जसपाका युवा नेता रहिश शाहले जानकारी दिनु भयो ।
उहाले भन्नू भयो ” हामीले लामो संघर्षले खेलमैदानको जग्गा संरक्षण गर्यौ तर स्थानीय सरकारले केही सहयोग गरेन” ।
खेलमैदान ब्यवस्थित नहुदा स्थानिय खेलाडी समेत निरास भएको खेल मैदान नजिकै घर भएको एम.वि सेन्चुरीले बताउनु भयो ।
खेल मैदान तारबार नहुदा पशु चरान क्षेत्रको रुपमा परिणत हुँदै गएको एम वि सेन्चुरीले बताउनु भयो । खेल मैदान ब्यवस्थापन गर्न स्थानीय सरकारले ध्यान दिनु पर्ने स्थानीयले माग गरेका छन ।