Connect with us
Kapilvast Forest

उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

२०७८, २७ असार आईतवारमा प्रकाशित

एजेन्सी -युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।​

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो।​ इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।

इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ।​ इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो। इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।​

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा इटाली हाबी हुँदै आईरहेको छ।​ इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ। इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ। दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu