माधव नेपालले अध्यक्ष पद मागे
काठमाडौं -नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद माग्नुभएको छ । उहाँले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाउनुभएको छ ।
नेपालले यो प्रस्तावमा सहमति भएमात्रै कुरा मिल्ने सन्देश पठाउनुभएको हो । नेपालको यो पछिल्लो मागसँगै आज हुने सहमतिमा अन्योल थपिएको छ । नेताहरु दुई पक्षको कार्यदल सहमतिको प्रयासमा अझै जुटिरहेका छन् ।