Connect with us
Kapilvast Forest

जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा : प्रधानमन्त्री

२०७८, २७ असार आईतवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।वीर अस्पतालस्थित कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइमा जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो ।

स्वास्थ्य सुविधाको न्यनुतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धैरै हदसम्म सफल भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिडलाइ पुर्ण रुपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह गर्नुभयो ।

थप खोप आपुर्तिका लागि अन्य देशहरुसँग संवाद र सम्झौता जारी राखेकाले खोपको आपुर्ति अब निरन्तर हुने भन्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई जतिसक्दो चाडो खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्मित कोभिड अस्पतालबाट जनताले पुर्ण रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डाक्टर जागेश्वर गौतमले नयाँ भवनले कोभिड १९ विरुद्धको लडाइ जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu