Connect with us
Kapilvast Forest

नेप्से परिसूचक ७३ अंकले बढ्याे

२०७८, २७ असार आईतवारमा प्रकाशित

nepse high

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आयतबार भने उछाल आएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो ।

 

उता ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बिमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ ।

आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्इ १० प्रतिशत भन्दा धेरैले बढेको छ ।

धेरै गुमाउनेको शिर्ष सथानमा भने कर्पोरेट डभलपमेन्ट बैंक लिमिटेड देखिएको छ । यसैगरु िओरियण्टल होटल एनबीबीएल डिबेञ्चरको धेरै घटेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu