Connect with us
Kapilvast Forest

राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्छ : नेता गाैतम

२०७८, २७ असार आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभाकाे सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताउनुभएको छ ।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचकाे विभेद हटाउनका लागि संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०८९ को बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने पनि बताउनुभयो । नियमावली परिवर्तन गरेर भए पनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय सभालाई बजेटबारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उहाँले बताउनुभयो ।

नेता गाैतमले भन्नुभयो, ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भयाे । म मानिनँ । त्यसो भए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिनँ भने । तपाईँ किन उठ्नु हुन्न भन्नुभयो ?, मैले भने– राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचमा विभेद अन्त्य गरिदिनुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् । संसारमा हाम्रो देशमा मात्रै त्यो बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरूले शासन गर्नु पर्दैन भन्ने त्यसको ठाडो नक्कल भयो । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो । म आज फेरि पनि याे विषय उठाउन चाहन्छु । यो राष्ट्रिय सभामा यदि यो हललाई आवश्यक पर्छ र यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौँ । र त्यो बाहिर कोठाभित्र प्रस्तुत गरेको २०७८/०७९ को बजेट वक्तव्य फेरि आएर अर्थ मन्त्रीले यहाँ प्रस्तुत गर्नुस् । हामीले छलफल गर्न पाऔँ र यहाँबाट पारित हुने व्यवस्था गरौँ । नियमावालीमा परिवर्तन गर्नुपर्छ भने गरौँ । यदि त्यसो हुँदैन भने माग गरौँ । संविधानमा त्यो छैन भने यो आवश्यकता छ । बाहिर सडकमा चाहिँ प्रस्तुत हुन सक्ने, त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्नुपर्ने । राष्ट्रिय सभा सङ्घीय संसद्को एउटा अभिन्न अङ्ग हो, यसमा त्यो अधिकार छ । छलफल गर्न सक्ने क्षमता यहाँ छ । त्यस विषयमा विचार, विमर्श गर्न सकिन्छ । त्यसकारण त्यो आउनुपर्दछ । यो मेरो माग हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu