Connect with us
Kapilvast Forest

यदि तपाईहरु साफ खेलमा जित्न चाहनुहुन्छ भने हामी आयोजना गर्छौं : प्रम

२०७८, २७ असार आईतवारमा प्रकाशित

 

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । आइतबार बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल किर्गिजस्तान र बङ्गलादेशबीच त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी भएका तीन क्याप्टेनसहित नेपालको राष्ट्रिय फुटबल टिमलाई बधाई तथा शुभकामना दिनुहुँदै दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको हो ।

पुरस्कार तथा सम्मान पत्र वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुरस्कृत फुटल टिमलाई भन्नुभयो, ‘साफ खेलमा यदि तपाईहरु जित्न चाहनुहुन्छ भने हामी आयोजना गर्छौं ।’ साथै उहाँले खेल खेल्ने मात्र हैन जित्ने आत्मविश्वास हुनुपर्ने बताउनुभयो ।

‘अमेरिकी एउटा प्रसिद्ध गायक थिए, बाब एबेगेन । उनले अन्तर्राष्ट्रिय रुपमै फ्यामस गीतको रचना गरेका थिए । वि स्याल कम ओभर सन्डे, ’ उहाँले भन्नुभयो, ‘अब हाम्रो कुरा गर्ने हो, ‘वि स्याल कम ओभर सन्डे’ को कुरा होइन । हामी जित्ने छौं एक दिन हैन । हामी जित्ने छौं अब । जित्दै जाने छौं अब । एक दिन जित्ने छौं भनेर सपना देख्ने होइन । मैदानमा भएको बेला हामी जित्ने छौं आज ।’

उहाँले थप्दै भन्नुभयो, जब खेलको हामी भनेर पस्छौ ‘वि स्याल कम ओभर कम टुडे’ । त्यो आत्मबल र मनोबल लिएर मैदानमा पस्यौ भने हामी अवस्य पनि जित्छौं ।

नेपाल अखिल नेपा फुटबल संघ एन्फाद्वारा गत वर्षको चैत १० गतेदेखि १६ गतेसम्म दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा आयोजना गरिएको नेपाल किर्गिजस्तान र बंगलादेशबीच त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले प्रथम स्थान हासिल गरेको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमलाई प्रथम स्थान हासिल गराउन सफल किरणकुमार लिम्बु चेङ्जोङको योग्दानलाई उच्च कदर गर्दै नगद चार लाखसहित सम्मान पत्र प्रदान गर्नुभएको छ । साथै उहाँले रंजित दिवाङ, अन्नत तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, संजोग राय, रविशंकर पासवान, तेज तामाङ, अन्जन विष्ट, अभिषेक रिजाल, दिपेश कुथु, निशान खड्का, गिराज महर्जन, सुजल श्रेष्ठ, एरिक विष्ट, विशाल राई, सुनिल बल, दर्शन गुरुङ, भरत खवास र दिप कार्कीलाई पनि जनही ४ लाख नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको छ ।

यसैगरी प्रशिक्षकहरु प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षण किरण श्रेष्ठ, गोल किपिङ प्रशिक्षण विकास मल्ललाई पनि प्रधानमन्त्री ओलीले जनही ४ लाख नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu