सर्वोच्च अदालतको फैसलालाई इतिहासले सम्मान गर्ने छ:दाहाल
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको सोमबारको फैसला इतिहासमै एक महत्वपूर्ण परिघटनाका रुपमा रहने बताउनुभएको छ । सर्वोच्च अदालतको फैसालपछि दाहालले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने बताउनुभएको छ ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको छ । यस्तै अदालतले कांग्रेस सभापति देउवालाई दुई दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश समेत जारी गरेको छ ।
‘पटकपटकको संसद विघट्न, पटकपटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो । त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु,’ दाहालले भन्नुभयो , ‘यो इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने छ र इतिहासले यसलाई सम्मान गर्ने छ ।’
उहाँले संविधान, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय हितको रक्षाका लागि अदालतको फैसला आवश्यक बनेको बताउनुभयो । ुअदालतको आजको फैसालले यो सबैलाई रक्षा गरेको छ । त्यसकारण मेरो दल र विपक्षी गठबन्धनको तर्फबाट पनि सर्वोच्चको फैसलालाई स्वागत गर्दछु,ु उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशहरुलाई धन्यवाद दिन चाहेको बताउँदै भन्नुभयो ुउहाँहरुले संविधान, राष्ट्रको गरिमालाई उचो बनाउनुभयो । र न्यायलयको गरिमालाई पनि उचो बनाउनुभयो । त्यसैले उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।ु