Connect with us
Kapilvast Forest

महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत

२०७८, २९ असार मंगलवारमा प्रकाशित

डाेटी – डाेटीकाे पूर्वीचौकी गाउँपालिकाले महिनावारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । महिनावारी छाउ बारेकै कारण यस गाउँपालिकामा अहिलेसम्म तीन महिलाले अकालमै ज्यान गुमाइसकेको पाइएको छ ।

गाउँपालिकाले महिनावारी नबार्न गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महिनावारी हुँदा घरै बस्ने गरेको गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिनावारी हुँदा छाउ बार्ने र गोठमा बस्ने चलनले धेरै महिलाले ज्यान गुमाएका कारण हामीले छाउ नबार्न अभियान चलाएका थियौँ, हाम्रो अभियान सफल भएको छ ।’

छाउ भएका बार्ने महिला तथा छाउ बार्न लगाउनेलाई पालिकाले नागरिकता सिफारिस, जन्म, मृत्यु दर्तालगायतका सेवा दिन बन्द गर्ने निर्णय गरेसँगै अहिले छाउ बार्ने महिलाको सङ्ख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाउपडी बार्नेजस्तो अति घृणित कार्य बन्द गर्न हामीले गाउँपालिकामा अभियान नै चलाएका छौँ, अब यहाँको छाउपडी प्रथा अन्त्य हुनेमा विश्वस्त छौँ ।’

गाउँपालिकाले वर्षभरिमा महिनावारी अर्थात् छाउ हुँदा नबार्ने महिलालाई वर्षैपिच्छे सम्मान गर्दै जाने योजना बनाएको छ । सुदूरपश्चिम प्रदेशमा महिनावारीलाई छाउपडी भन्ने चलन छ । यहाँका महिला छाउ हुँदा गाउँभन्दा निकै टाढा अलग्गै छाउ घर तथा गोठमा बस्नुपर्ने चलन छ ।

महिनावारी भएकी महिला छाउ भएका बेला घरमा बसे गाई, भैँसीको दूध, दही, घ्यूलगायतका चिज दिएमा देउता रिसाउने र घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँ महिनावारी भएका महिलालाई अलग्गै राख्ने चलन कायमै छ । जिल्लामा छाउपडी अन्त्य गर्नका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास भइ छाउपडीका लागि निर्माण गरिएका छाउगोठ भत्काइए पनि यहाँको छाउपडी अझै अन्त्य हुन सकेको छैन ।

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीका ग्रामीण क्षेत्रमा महिलाले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास अहिले पनि कायमै रहेको यस क्षेत्रमा काम गर्ने सङ्घसंस्था बताउँछन् । सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको गोठलाई यहाँ छाउपडी कुडी भनिन्छ ।

छुई अर्थात् छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लै बस्नुपर्ने परम्परा रहेको छ । सुदूरपश्चिमका विभिन्न जिल्लासहित अन्य जिल्ला जुम्ला, कालीकोट, दैलेख, डोल्पामा यो प्रथा कायमै छ । महिनावारीका कारण अलग्गै बसेका बेला महिला बलात्कार हुने, सर्पले डस्नेलगायतका अप्रिय घटना हुने गरेको पाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu