Connect with us
Kapilvast Forest

मन्त्रालय बाँडफाँटबारे देउवा-प्रचण्ड छलफल गर्दै

२०७८, २९ असार मंगलवारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ।बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग कुरा गर्दै मन्त्रिपरिषद् विस्तारका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी दिनु भयो ।

सर्वोच्च अदालतले सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि माओवादीले आज बिहान छलफल गरेको थियो।आजै प्रचण्डले मन्त्रिपरिषद् गठनबारे देउवासँग आवश्यक छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

देउवाले आफ्नो सपथका बेला सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन्। उक्त मन्त्रिमण्डलमा माओवादीले क-कसलाई मन्त्री बनाउने अहिले नै यकिन गरिसकेको छैन।मन्त्रालयबारे देउवासँग प्रचण्डले कुराकानी गरेपछि मन्त्रीको टुंगो लाग्नेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu