Connect with us
Kapilvast Forest

रुपन्देही एमालेले चलायो सदस्यता नवीकरण अभियान

२०७८, २९ असार मंगलवारमा प्रकाशित

रुपन्देही -नेकपा एमालेले रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संगठित सदस्यता नवीकरणका लागि पार्टी परिचालन अभियान चलाएको छ ।

 

पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेको नेतृत्वमा एमाले रुपन्देहीले संगठित सदस्यता नवीकरणका लागि अभियान सञ्चालन गरेको हो । सोही क्रममा एमालेले पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

क्षेत्र नम्बर १ को धकधई, २ को बुटवल, क्षेत्रनम्बर ३ को भैरहवा पार्टी कार्यालय, ४ को मर्चवार र क्षेत्र नम्बर ५ को सैनामैना, गैंडहवा, कन्चन र लुम्बिनीमा अलग–अलग भेला सम्पन्न गरिएको एमाले रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिनु भयो ।

भेलाहरुमा पार्टी केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला सहइन्चार्ज एकराज विश्वकर्मा, जिल्ला संयोजक शिवराज सुवेदी, सहसंयोजक केसी, जिल्ला सचिव अनुप बराल, जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, नेताहरु हितराज पन्थी, नरबहादुर थापा, रामचन्द्र यादव लगायतले मुलुकको विद्यमान समसामयिक राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै सबै निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय कमिटी संयोजकहरुको अध्यक्षतामा बसेको बैठकले संगठित सदस्यता साउन ६ गतेसम्म नवीकरण गर्ने, पार्टीका वडा भेलाहरुको आयोजना गर्ने र विकास निर्माणका कामको निगरानी गर्ने निर्णय पनि गरेको छ । बैठकले सदस्यता नवीकरणका लागि आमकार्यकर्ता पंक्तिलाई आह्वान गरेको पार्टीका जिल्ला सहसंयोजक केसीले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu