कपिलवस्तुको लोहरौलाबाट दुई मोटरसाइकल चोरी
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहरौलाबाट दुई मोटरसाइकल चोरी भएको छ । एक हप्ताको अन्तरालमा दुई मोटरसाइकल चोरी भएको छ ।
लोहरौलाका अब्दुल सलाम मुसलमानको मोटरसाइकल नं लु २२ प १२३५ र मुबारक हुसेन शाहको मोटरसाइकल लु १८ प ८६७६ हराएको प्रहरी कार्यालय बहादुरगन्जले जनाएको छ ।
मोटरसाइकल धनिले प्रहरीलाई मोटरसाइकल खोजी गर्न पटक पटक आग्रह गरेपनि प्रहरीले ढिला सुस्ती गरेको आरोप लगाएका छन । फरक फरक मितिमा हराएको मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी कार्य जारी रहेको प्रहरी कार्यालय बहादुरगंजले जानकारी दिएको छ ।
हप्तैपिच्छे मोटरसाइकल चोरीको घटनाले स्थानीय नागरिक त्रसित भएको स्थानीय शाह नावाब खानले बताउनुभयो । घरमा रोकिराखेको मोटरसाइकल चोरी हुन थालेपछि स्थानीयले प्रहरीलाई सावारीसाधनको सुरक्षा गर्न प्रहरीलाई आग्रह गरेका छन ।