Connect with us
Kapilvast Forest

एमाले नमिल्नुमा अध्यक्ष ओलीको पनि भूमिका छ:पूर्वमन्त्री आले

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

धनगढी -पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले एमाले पार्टी नमिल्नुमा अध्यक्ष केपी शर्मा ओलीको पनि भूमिका रहेको बताउनुभएको छ ।

ओलीका कट्टर समर्थकका रुपमा उभिएका आलेले यस्तो बताउनुभएको हो । आलेले भन्नुभयो , ‘ओलीले पार्टी मिलाउन पर्थ्यो तर उहाँले सक्नुभएन। बाँकी केही टिप्पणी गर्दैन। म बिरामी छु।’

उहाँले ओलीको साथ छोडे–नछोडेको विषयमा भने बोल्न मानेनन्। ‘सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशको भने म पनि स्वागत गर्छु। अदालतको फैसला त सबैले मान्नै पर्‍यो नि,’ आलेले भन्नुभयो ।

एमालेमा विवाद बढेपछि तत्कालिन प्रधानमन्त्री ओलीको पक्षमा देखिएका केही संघीय ‌सांसद कित्ता परिवर्तन गर्ने तयारीमा लागेको चर्चा छ। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु ओली पक्ष छोडेर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा जाने कसरत गर्न थालेका हुन्।

मन्त्री आलेले देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भेटेर आफूलगायतका आठ जना सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिने र त्यसका लागि आफूलाई मन्त्री बनाउन पर्ने सर्त राखेको समाचार बाहिरिएको छ।

प्रधानमन्त्री देउवाले माधव नेपालसँग सो बारेमा छलफल हुने बताएको बुझिएको छ। यसअघि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका १४ सांसदले ओली पक्षलाई साथ दिएका थिए भने ओली सत्ताबाट बाहिरिएसँगै १० जनाले साथ छोडेको चर्चा चलेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu