गोरुसिंगे सन्धिखर्क सडक खण्ड अबरुद्ध
अर्घाखाँची-अबिरल बर्षाका कारण गोरुसिगे सन्धिखर्क सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा सडक अबरोद्ध भएको छ । बसेरी क्षेत्रमा पहिरो गए पछि सवारी साधनहरु रोकिएका छन ।
त्यस्तैकोप्चिवास क्षेत्रमा समेत सडक अबरोद्ध भएकोमा खुलाइएको सडक बिभागका ओभरसियर कृष्ण अधिकारीले जानकारी दिनु भयो । बसेरीमा माथि बाट आएको पहिरोले बिहान ५ बजे देखि सडक अबरोद्ध भएको र खुलाउने प्रयास भइरहेको अधिकारीले बताउनु भयो ।