Connect with us
Kapilvast Forest

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुरू गर्ने

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

 

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य साउन ४ गतेबाट पुनः सुचारु गर्ने जनाएको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै सार्वेच्च अदालतको असार २८ गतेको आदेश बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना भएका कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकाले साउन ३ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।

सर्वोच्च अदालतको असार २८ गतेको आदेश बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना भएक कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकाले निर्वाचन कार्यालयहरुबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यलाई सूचारु गर्ने गरी आयोगबाट निर्णय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेर पहिलो चरणमा कात्तिक २६ गते र दोस्रो चरणमा मंसिर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य जेठ ९ गतेदेखि स्थगित गरेकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu