Connect with us
Kapilvast Forest

खुकुलो निषेधाज्ञा ५८ जिल्लामा कायमै

२०७८, २ श्रावण शनिबारमा प्रकाशित

 

काठमाडौं-गृह मन्त्रालयले ५८ वटा जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाउँदै थपेको जानकारी दिएको छ ।
गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार ५८ जिल्लामा निषेधाज्ञा थप गरिएको र १९ जिल्लामा निषेधाज्ञा हटाइएको छ । तर, लामो दूरीको यातायातको सम्बन्धमा अहिले खुलिसकेको अवस्था नरहेको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकामा जिल्ला प्रशासनको पास बनाएर लामो दूरीका सार्वजनिक यातायात काठमाडौं आउन पाउने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ हजार ७६८ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ६७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । साथै, ३३ जनाको मृत्यु भएको छ भने एक हजार ७५७ जना सङ्क्रमण मुक्त भएको तथ्याङ्कले जनाएको छ ।

असार अन्तिमदेखि कोरोना सङ्क्रमण दर घट्दै गएका कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै लगेको सूचना अधिकारीले आचार्यले बताउनुभयो ।

गत वैशाखबाट नेपालका ७७ वटै जिल्लामा शुरुभएको निषेधाज्ञा अहिले ५८ जिल्लामा मात्र लागू भएको छ । जसमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान र डडेल्धुरामा जिल्लामा निषेधाज्ञा जारी छ ।

यसैगरी, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, पर्वत, मकवानपुर, कालिकोट स्याङ्जा रामेछाप, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, महोत्तरी, डोटी नवलपरासी पूर्व, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक र धनकुटामा पनि निषेधाज्ञा लागू छ ।

त्यस्तै, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, सिन्धुली, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम जिल्लामा निषेधाज्ञान थप गरिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
गृह उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यले यी जिल्लाबाहेक अन्य जिल्लामा निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu