Connect with us
Kapilvast Forest

कञ्चनपुरको लिङ्गेश्वर धामका बाबा मृत फेला, हत्याको आशंका

२०७८, २ श्रावण शनिबारमा प्रकाशित

धनगढी – कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।वेदकोट नगरपालिका(४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिनुुुभयो ।

उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको छ । प्रहरीले नाथको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने जनाएको छ तर स्थानीयले भने उहाँको हत्या भएको आशंका गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu