Connect with us
Kapilvast Forest

१० बुँदे प्रस्ताव कार्यान्वयनमा नेताहरु सहमत

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि सो पस्ताव कार्यान्वयन गर्नुपर्ने निष्कर्ष उनीहरुको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शनिबार बसेको विघठित कार्यदलले १० बुँदे प्रस्ताव कार्यान्यवन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान प्रस्ताव कार्यान्वयनमा लगाउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धमा सबै सहमत रहेको बताउनु भयो ।

प्रस्ताव कार्यान्वयनका लागि सबैले आफ्नो ध्यान केन्द्रित गरेर अगाडि बढ्ने निष्कर्ष बैठकको रहेको बताए । ‘पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने विषयमा हामीले प्रतिवद्धता जनाएका छौं,’ नेम्वाङले भन्नु भयो , १० बुँदे सहमति गरेर शीर्ष नेतालँई बुझाएका छौं ।राजधानी

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu