Connect with us
Kapilvast Forest

विप्लव र वैद्यबीच भेटवार्ता

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

शनिबार वैद्यलाई भेट्न विप्लव उहाँकै निवास पुग्नु भएको थियो ।भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। वैद्य र विप्लव यसअघि एउटै पार्टीमा हुनुन्थ्यो ।

पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्रता दिनु भएको छ । यसअघि, गएको शुक्रबार उहाँले जनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई उनकै निवासमा पुगेर भेट्नु भएको थियो ।

यस्तै, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित पनि भेटवार्ता गर्नु भएको थियो ।

बुधबार प्रचण्डलाई भेट्न खुमलटार पुगेर बिहीबार नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुग्नु भएकोथियो । भेटवार्ताहरुमा उहाँले आफ्नो पार्टी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu