Connect with us
Kapilvast Forest

नेपाल पक्षका नेताहरू कोटेश्वरमा

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वर पुगेका छन्।१० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका हुन्।

यसअघि हिजो साँझ दुबै पक्षका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।भेटमा नेपाल पक्षीय नेताहरूले आज बस्ने स्थायी कमिटी बैठक सार्न प्रस्ताव गरेका थिए। तर ओलीले मानेका थिएनन्।

यसैबीच कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरूले प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेको विषयमा समेत छलफल गर्ने बताइएको छ।कार्यदलमा रहेका नेताहरूले देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन्। तर वरिष्ठ नेता नेपाल भने विश्वासको मत दिनुपर्ने अडानमा छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu