Connect with us
Kapilvast Forest

तालिम पछि सिलाई मेशिन प्रदान

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

प्यार अलि खान-
प्युठान- सरुमारानीमा सिलाई कटाई तालिम सीप सिकेकाहरुलाई मेशिन प्रदान गरिएको छ।
आइतबार वडा नं १ बाङ्गेसालका १२ जना प्रशिक्षार्थी युवतीहरुलाई वडा अध्यक्ष मुकुन्दराज शर्माले मेशिन प्रदान गरेका छन्।
मेशिन पाएपछि नयाँ ऊर्जा थपिएको बाङ्गेसालकी टिका घर्तीले बताइन्।
सीप सिक्दा आत्मनिर्भरता बढ्ने आत्मविश्वास जागेको उनले सुनाईन्।
सिकाई सम्वन्धि तालिमहरुलाई थप स्तरोन्नती सहित निरन्तरता दिनुपर्नेमा वडा अध्यक्ष शर्माले जोड दिए।
सिलाई कटाई सम्वन्धि तिन महिने तालिम वडा नं १ तथा ३ मा संचालन गरिएको थियो। आइतबार नै वडा नं ३ हंसपुरका १२ जनालाई पनि सिलाई मेशिन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
तालिममा प्रशिक्षार्थीहरुले ब्लाउज, शुट, सट, पाइन्ट तथा बच्चा कपडाहरू सिलाउन सिकेको बताएका छन्।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको समन्वय तथा गाउँपालिकाको आर्थिक सहयोगमा तालिम तथा मेशिन हस्तान्तरण गरिएको उद्यम विकास सहजकर्ता सावित्रा श्रेष्ठले जानकारी दिईन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu