घरगोठ जोगाउन तरुण उपाध्यक्षले पठाए जाली
प्यार अलि खान, प्युठान – झिम्रुक गाउँपालिकामा पहिरोको उच्च जोखिममा परेको घरगोठ जोगाउन जाली प्रदान गरिएको छ।
वडा नं ३ हल्ते निवासी ओमबहादुर थापाको घरगोठ जोगाउन तरुण दलका नेताद्धय हिमाल महत तथा विकास थापाको समन्वयमा तरुण जिल्ला उपाध्यक्ष दिपक केसीले व्यक्तिगत सहयोग स्वरूप करिब १ लाख बराबरको १ ट्रयाक्टर जाली व्यवस्थापन गरिदिएका छन्। असार महिनामा वर्षातका कारण थापाको घरगोठ जोखिममा पर्दै आएको थियो। ‘घर छेउमै पहिरो छ।’ थापाले भने,
‘घरगोठ जोगाउन वडा कार्यालयमा पटक-पटक आग्रह गर्दा पनि सुनुवाई भएन।’
आर्थिक अवस्था नाजुक रहेका थापालाई जहाँ समस्या छ त्यहाँ तरुण भन्ने नाराका साथ आवस्यक सहयोग गरेको केसीले बताए। ‘जालीमा ढुङ्गा पनि हाम्रै टिमले भरिदिनेछ।’ केसीले भने, ‘नजिकैको स्थानीय सरकार प्राकृतिक विपदमा जनताको जिउधनको रक्षाको लागि बढी जिम्मेवार बन्नुपर्छ।’