आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं- प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो(सोमबार) बसेको बैठक १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै आज ३ बजे पुनः बस्ने गरी स्थगित गरिएको थियो ।
उक्त बैठकले पार्टीको निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ ।