माधव नेपालसगँँ प्रचण्ड र उपेन्द्र यादवको भेट
काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटेर कुराकानी गर्नु भएको छ ।
आज बिहान नेता नेपाल निवास कोटेश्वर पुगेर प्रचण्ड र यादवले नेपालसँग कुराकानी गर्नु भएको हो । उहाँहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो।
समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उहाँहरूबीच कुराकानी भएको स्रोतको दाबी छ। अब केही दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।