शतप्रतिशत नतिजा चाहियो :अर्थमन्त्री शर्मा
काठमाडौं -अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरुसँग चासो राख्नुभएको छ । सोमबार बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका विकासे मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर उहाँँले विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरुबारे दर्जनभन्दा बढी विषयमा चासो राख्नुभएको छ ।
साथै उहाँले कर्मचारीलाई होमवर्क पनि दिनुभयो । उहाँले सचिवहरुलाई सोध्नुभएको छ , ‘पुँजीगत खर्च कम हुनुको कारण के हो , आर्थिक वर्षको अन्तिम महिनामा पूँजिगत खर्चको अनुपात बढी हुनुको कारण के हो रु यसको समाधान कसरी गर्न सकिन्छ रु’ अर्थमन्त्रीले दिएको यो होमवर्क सचिवहरुले अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनु पर्नेछ ।
‘अनुभवको लाभ देशले पाउनुपर्यो’
अर्थमन्त्री शर्माले एक जना कर्मचारी सचिवसम्म पुग्दा निकै अनुभवी भइसक्ने भन्दै त्यसको लाभ मुलुकले पाउनु पर्ने बताउनुभयो ।राज्य सञ्चालनको सबैभन्दा राम्रो अनुभव र क्षमता तपाईंहरुमा छ’ उनले भने, सचिव हुँदासम्म तपाईंहरुसँग भएको थुप्रै वर्षको अनुभव राष्ट्र निर्माणको गम्भीर जिम्मेवारी पुरा गर्न उपयोग गर्नुहोस ।’ राजनीतिक नेतृत्व बेला(बेलामा आउने(जाने भई रहने भन्दै यो स्वाभाविक प्रक्रिया रहेको बताउनुभयो ।
राष्ट्र निर्माणको जिम्मेवारी गम्भीर रुपमा केन्द्रित भएर सम्पूर्ण रुपमा प्रयोग गरेको आफूले अनुभुति नगरेको उहाँले बताउनुभयो ।आरोप लगायो भन्नुहोला, नमिठो होला, तर मलाई त्यस्तो लाग्यो । तपाईंहरुसँग भएको सम्पूर्ण क्षमताको प्रयोग तपाईंहरुले गर्ने अवस्था सिर्जना भएको मैले पाइन,’ उहाँले भन्नुभयो ।
‘मन्त्रीले के गर्नुपर्छ काम दिनुहोस्’
कर्मचारीले चाहे जसरी काम गर्न नसक्ने कारण हुन सक्ने भन्दै त्यस्ता समस्या आफुलाई जानकारी गराउन उहाँले आग्रह गर्नु भयो ।
‘समस्या समाधान कसरी गर्ने रु त्यो मलाई भन्दिनुस् । एक, दुई, तीन, चार, पाँच यसो भयो भने यो गर्न सकिन्छ, हामी गर्छौं भन्ने एउटा कमिटमेन्ट चाहियो,’ उहाँले भन्नुभयो , ‘त्यसको लागि के गर्नुपर्छ हामीले रु सरकारले के गर्नुपर्छ रु’
नेपालका अव्यवस्था पूर्ण विकास कार्यक्रम, योजनाविहीन योजना, राजनीतिक स्वार्थ केन्द्रित योजना अगाडि बढ्नुमा कर्मचारीको समेत हात रहेको भन्दै मन्त्रीलाई मात्र दोष लगाएर उम्कन नमिल्ने उहाँले बताउनुभयो ।
‘नहुने कुरा हुँदैन भन्न किन सक्नुहुन्न रु यो हुँदैन, यो गर्दैनौं किन भन्नु हुन्न रु किन मन्त्रीले भन्नेबित्तिकै यो गर्नैपर्छ र हुन्छ भन्नुहुन्छ रु तपाईंहरुको पनि दोष छ तर थोरै प्रतिशत,’ उहाँले भन्नुभयो ।
के हुन् अर्थतन्त्रको समस्याका जड ?
छलफलमा अर्थमन्त्रीले अर्थतन्त्रको समस्या भित्रका केही जडलाई उत्खन्न गर्ने प्रयास गर्नु भएको छ । उहाँले देखेको एउटा समस्या हो ‘अन्तरमन्त्रालय समन्वय’ ।
‘आफ्नै बाटो बनाउने, आफ्नै सरकारले बनाउने, आफ्नै रुख काट्न फेरि अर्को सरकारको स्वीकृति लिनुपर्ने जस्ता कार्यविधिहरु कसरी बन्छन् रु उहाँले प्रश्न गर्नु भयो । यी गम्भीर विषय भएको भन्दै छलफल गर्न आहृवान गर्नु भयो ।
‘विकासमा जनसहभागिता नहुनु’ अर्थमन्त्रीले देखेको अर्को समस्या हो । ‘विकासमा जनताको सहभागिता छैन, जनतालाई विकाससँग जोडेका छैनौं’, उहाँले भन्नुु भयो उपभोक्ता समिति होला, त्यो पनि एक ढंगले दुरुपयोगको अवस्थामा छ । त्यसले जनतालाई जोडेको मैले । यो मोडालिटी नै फेरौं ।’
अर्थमन्त्रीले बीना बजेटका योजना समेत छुट्याएर ल्याउन सचिवहरुलाई आग्रह गर्नु भएको छ । खर्च नहुने ठाउँमा अधिक बजेट भएका योजना समेत सूचीकृत गर्न उहाँले आग्रह गर्नु भएको छ । सबै मन्त्रालयले यो तयार पार्न उहाँले आग्रह गर्नु भयो । के काम गर्दा खर्च बढाउन सकिन्छ भन्नेबारे प्रतिवेदन नै बनाउन उहाँले सचिवहरुलाई आग्रह गर्नु भएको छ ।
अर्थमन्त्री शर्माले अर्को चुनावसम्म यही सरकार निरन्तर हुने भन्दै आगामी वर्ष पनि उस्तै समस्या लिएर नआउन सचिवहरुलाई आग्रह गर्नु भयो ।‘हरेक वर्ष उही रिपोर्ट गर्ने रु अर्को वर्ष म यो रिपोर्ट सुन्न चाहन्नँ,’ उहाँले भन्नुभयो । पुँजीगत खर्च शतप्रतिशत हुने पर्ने भन्दै उहाँले त्रुटि आजैबाट सच्याउन लाग्नुपर्ने बताउनुभयो ।
‘हामी साउनको ३-४ गतेमा छौं, अहिले सच्याऔं । तर, शतप्रतिशत नतिजा चाहियो,’ उहाँले भन्नुभयो । अहिले त कोभिड आदि इत्यादि भनेर सजिलै भएको होला भन्दै उहाँले अब बाहना नबनाउन आग्रह गर्नु भयो ।