Connect with us
Kapilvast Forest

श्रमिक लैजान कोरिया सकारात्मक, मन्त्रालयको निर्णय कुर्दै विभाग

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौँ- वैदेशिक रोजगारीको आकर्षण रोजगारीको गन्तव्य मानिएको दक्षिण कोरियामा कोरोना महामारीका कारण नेपाली श्रमिक जान पाएका छैनन् ।यसै बीच दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत श्रमिक लैजाने विषयमा सकारात्मक भएको छ ।

कोरियाले नेपाली श्रमिकलाई शर्त सहित लैजान इच्छुक भएको वैदेशिक रोजगार विभागले बताएको छ । रोकिएका श्रमिकले निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजाने विषयमा एचआरडी सकारात्मक वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो ।

इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो ।एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने , श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ विभागले बताएको छ । यसै गरि कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि सर्त एचआरडी राखेको छ ।

उक्त शर्तको निर्णय बिभागले मात्र गरेर नहुने भएकोले मन्त्रालयले गर्नु पर्ने भएकोले मन्त्रालयले यस विषयमा छलफल गरिरहेको उहाँले बताउनुभयो । मन्त्रालको निर्णय आए लगतै रोकिएका श्रमिक पठाउन सुरु गरिनेछ ।

कोरियाले अन्य देशबाट श्रमिक लैजान सुरु गरि सकेको र नेपाली पनि लैजान सकारात्मक रहेको विभागको भनाइ छ ।
कोरोना महामारीका कारण गत वर्षदेखि नै ईपीएसको सबै प्रक्रिया पूरा गरी जाने तयारीमा रहेका आठ हजार बढी नेपाली श्रमिक दक्षिण कोरिया रोजगारीमा जान पाएका छैनन् । यसै गरि तीन हजार बिदामा आएकाहरू गत वर्षदेखि नै रोकिएको अवस्था छ । कोरियामा केही दिन अघि श्रमिकको तलब बढेको छ । सबैै प्रक्रिया पूरा गरे पनि जान नपाएको भन्दै रोकिएका श्रमिकले छिटो कोरिया जाने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu