Connect with us
Kapilvast Forest

तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतमाथि श्रीलङ्काको जित

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

 

एजेन्सी – घरेलु टिम श्रीलङ्काले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ।कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो खेलमा पराजित भए पनि भारतले ती खेलको सिरिज २–१ ले जितेको छ । यसअघिको दुई खेलमा भारत विजयी भएको थियो ।

भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलङ्काले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । श्रीलङ्का अभिस्का फर्नान्डोले ७६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै भानुका राजपाक्षेले ६५ रनको अर्धशतकीय इनिङ्ग खेल्दा चारिथ आशलङ्का २४ रनमा आउट भए ।

रमेश मेन्डिस १५ रनमा अविजित रहे । बलिङमा भारतका राहुल चाहरले ३ विकेट लिए । यस्तै चेतन शकरियाले २ तथा कृष्णपा गोथाम र हार्दिक पाण्डेयले १/१ विकेट लिए । यसअघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो ।तर, डीएलको आधारमा श्रीलङ्काले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu