भाकल पूरा हुने बघुवा समयमाई मन्दिरमा भक्तजनको घुइँचो
बृजेश यादव, कपिलवस्तु-
भाकल पूरा भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न ११ बघुवा समयमाई मन्दीरमा भक्तजनको घुइँचो लागेको छ । आफुले मागेको पूरा भएपछि भक्तजनको भिड बढेको छ । भक्तजनको आवस्यकता अनुसार बघुवा गाउँमा रहेको पुरानो एतिहासिक समय माताको मन्दिर पर्यटकीय स्थलको रुपमा बिकास हुन थालेको छ। प्राचिन समयमा घनघोर जङ्गलको बिचमा निमको रुखमा माता जि स्थान रहेको थियो । अहिले स्थानियहरुको पहल तथा सहयोगमा मन्दिरको स्वारुप फेरिएको छ ।
पुजा, भन्डारा गर्ने श्रद्धालुहरुको कठिनलाई मध्य नजर गरि महाराजगन्ज नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को नगर स्तरिया योजनामा बजेट बिनियोजन गरी धर्मशाला निर्माण गरेको छ ।
बघुवा समयमाता मन्दिरको ब्यवस्थापन गरीएको महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । बघुवा समयमाता मन्दिरलाई पर्यटकिय स्थलको रुपमा स्थापित गर्न लागि परेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।
नगरपालिकाले उक्त कार्यलाई थप प्रभावकारि बनाउन आवश्यक योजना बिनियोजन गरि पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने नगर प्रमुख कलामले जानकारी दिनु भयो ।
समयमाता मन्दिरमा भाकल गरेको पूरा हुने आस्था कायमै रहेकोले भारत बाट समेत दर्शन तथा गर्न भक्तजनहरु आउने गरेको स्थानीयहरुको भनाई रहेको छ ।
पर्यटकीय स्थलको सम्भावना रहेको उक्त मन्दिरमा भने महाराजगन्ज नगरपालिका कार्यलयले विभिन्न योजना बिनियोजन गरि बिकासको कामलाई तिब्रता दिएको महाराजगन्ज नगरपालिका वडा न ११ को समाजसेवी जगन्नाथ पुरीले बताउनु भयो ।
महाराजगन्ज नगरपालिकाले महाराजगन्ज डुमरा सडकको गोल्हिपुर देखि तकदिरपुर हुँदै मन्दिर सम्मा जाने सडक स्तरोन्नतिको काम सप्पन्न भएको समाजसेबि पुरिको भनाई रहेको छ ।
मन्दिरको बिकास संगै बाटो घाटोको समेत बिकास भएकोले स्थानीय खुसी भएका छन ।