Connect with us
Kapilvast Forest

सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एकजना घाइते

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

जनकपुरधाम- सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते हुनुभएको छ ।हरिवन नगरपालिका (४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ ।

नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज बिरगञ्ज रिफर गरिएकोमा उनको सोही क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै बागमती नगरपालिकामा हात्तीको आक्रमणबाट एकजना घाइते हुनुभएको छ । बागमती नगरपालिका(४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ बर्षीय पुरुष घाइते हुनुभएको हो ।

नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि नारायणी उप(क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरी प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu