Connect with us
Kapilvast Forest

शेरबहादुर देउवाको विपक्षमा छु, उहाँ निर्दलीय प्रधानमन्त्री हो : मेयर शाक्य

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

Bidya-Sundar-Shakya

 काठमाडौं – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहेको बताउनु भएको छ । काठमाण्डाै महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रममा मेयर यस्तो बताउनुभएको हो ।

‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘तर अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहनुभएको छ । अहिले देशमा दलको प्रधानमन्त्री छैन ।’

शाक्यले अहिले पालिका र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको दाबी गर्नुभयो । ‘दलको ह्विप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो । यो विडम्बनापूर्ण अवस्था हो’, उहाँले भन्नुभयो, ‘संविधान निर्माताहरूलाई म प्रश्न गर्न चाहन्छु– के संविधान लेख्दै त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ?’

उहाँले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुन सक्ने बताउनुभयो । ‘दलको ह्विप नलाग्ने, दलको ह्विप नमान्ने सांसदलाई दलले कारबाही गर्न नपाउने त्यस्तो पनि हुन्छ ? हिजो हामी जुन व्यवस्थाको विरुद्धमा लागेका थियौँ, अहिले त्यही व्यवस्थातर्फ धकेल्ने कार्य भइरहेको छ’, मेयर शाक्यले भन्नुभयो, ‘यो गलत छ । यो चाँहि प्रतिगमन हो । अहिले प्रधानमन्त्री बनाउने प्रक्रिया नै प्रतिगामी छ ।

नेकपा एमालेबाट निर्वाचित केही सांसदले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको पनि उहाँले बताउनुभयो । ‘म उहाँहरूलाई भन्न चाहन्छु । त्यति बेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिनु भएन ? त्यति बेला मत दिएको भए संसद् विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन’, मेयर शाक्यले भन्नुभयो, ‘अहिले अर्को पार्टीको नेतालाई भोट दिएर प्रधानमन्त्री बनाउने अनि संसद् बचाएको भन्ने कुरा लोकप्रिय बन्न खोज्ने कुरा मात्रै हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu