Connect with us
Kapilvast Forest

ज्ञानेन्द्रको बन्दुकसँग डराइनँ, महेश बस्नेतको धम्कीले के हुन्छ :खगेन्द्र संग्रौला

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू रत्तिभर विचलित नभएको बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए । संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो । उनीहरूको धम्कीले मलाई केही हुँदैन ।’

यद्यपि हतास अवस्थामा रहेका अराजक युवाहरूले जे पनि गर्न सक्ने कुरामा सबै प्रगतिशील लेखकहरू सजग हुनु आवश्यक रहेको पनि उनले बताएका छन् । ‘उनीहरू विक्षिप्त अवस्थामा भएकाले जे पनि गर्न सक्छन्,’ संग्रौलाले भने, ‘म एक जनालाई मात्र नभएर सबै नागरिक अभियन्ता र बौद्धिकहरूलाई उनीहरूले निशाना बनाएका छन् ।’

उनले थपे, ‘ज्ञानेन्द्रको बन्दुकसँग त डर नमानी सडकमा आएको थिएँ । गणतन्त्रमा कसैको डरमा बस्ने कुरै आउँदैन १’काठमाडौंको चावहिल निवासी ७४ वर्षीय लेखक संग्रौलाप्रति लक्षित गर्दै शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणासभामा एमाले नेता महेश बस्नेतले ‘‘अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने’ अभिव्यक्ति दिएका थिए ।

यता संग्रौलाले आफूलाई धम्की आएको ट्विट गर्दै लेखेका छन्– ‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बद्नाम गरेर, कुटेर हो कि मारेर हो रु यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर १’

लेखक संग्रौलालाई गुण्डागर्दी शैलीमा धम्याएको विरोधमा सोमबार बिहानैदेखि कवि लेखकहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu