Connect with us
Kapilvast Forest

रवीन्द्र मिश्रको प्रस्तावमा कमल थापा खुसी!

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसलाई सफलता भन्नु भएको छ ।

थापाले विगतमा एक्लै उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको दाबीसमेत गर्नु भएको छ ।सोमबार मिश्रले व्यक्तिगत प्रस्ताव भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव सार्वजनिक गर्नु भएको थियो ।
वैकल्पिक शक्ति दाबी गर्नेहरूले संघीयताको विरोध गरेको भन्दै आलोचना भइरहेका बेला राप्रपा अध्यक्ष थापा भने खुसी देखिनु भएको छ ।

‘संघीयताको खारेजी, धर्म निरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ,’ ट्वीट गर्दै थापाले भन्नु भएको छ , ‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।’तर मिश्रको प्रस्तावमा उहाँको पार्टीभित्रैकै नेताहरू असन्तुष्ट देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu