Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सवारी दुर्घटना एक जनाको मृत्यु

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

accident

कपिलवस्तु -कपिलवस्तुको बाणगंगा नगरपालिका ८ चप्परगाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार ५ बजे पूर्वदेखि पश्चिम तर्फ आउँदै गरेका लु ३ त ४७०१ नम्वरको ट्याक्टर र बा–०२–०२५ प १०२६ नम्बरको मोटर साइकल एक आपसमा ठक्कर खाएका थिए । ठक्कर पछि मोटर साइकलमा सवार दुईजना घाइते भएका थिए ।

घाइते मध्ये अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा नं. १ का वर्ष ३० को दानबहादुर खड्का को उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीलिप कार्कीले बताउनुभयो । मोटर साइकलमा सवार सोही ठाउँका वर्ष २८ को शिव केसीको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu