Connect with us
Kapilvast Forest

हात्तीको दाह्रासहित अमलेखगञ्‍जबाट तीनजना पक्राउ

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

pakrau fiture

बारा- प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका(२१ स्थित अमलेखगञ्‍ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ ।हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना।५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्‍जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका(११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu