Connect with us
Kapilvast Forest

कांग्रेसको १४ औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार सात सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार सात सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको हो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज मङ्गलवार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको प्रतिवेदनमा चार लाख ४३ हजार ६ सय ७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् । जसमध्ये पुरुष ६ लाख ५३ हजार चार सय ३८, महिला एक लाख ९९ हजार ९७ र अन्य एक सय ७६ जना रहेका छन् ।

कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार सात सय ८२, प्रदेश २ मा एक लाख १२ हजार नाै सय ४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा एक लाख ३० हजार आठ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार पाँच सय ६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार सात सय ५६ रहेका छन् ।

क्रियाशील सदस्यता छानबिन समितिमा ४६ खाले उजुरी तथा गुनासो प्राप्त भएको थियो । नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आउँदाे १४ औँ महाधिवेशनका लागि स्थगन गरी त्यस महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर कायम गर्ने प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४ औँ महाधिवेशनको प्रक्रियासमेत सुरु हुने भएको छ । गएकाे शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिनको काम नसकिएको भन्दै साउन १२ गते अर्थात् (आजदेखि) सुरु हुने पार्टीको तल्लो तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । त्याे बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ का बारेमा भने केही निर्णय गरेको थिएन ।

पार्टीको आज पनि पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवासमा बसेको थियो । बैठकले क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी अधिवेशनको नयाँ कार्यतालिका टुङ्गो लगाउने छ ।

क्रियाशील सदस्यताका कारण अधिवेशन कार्यतालिका प्रभावित

क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज अर्थात् साउन १२ गते गाउँ/नगर वडा अधिवेशन हुने थियो । तर समयमै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यसअघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भइ केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गएकाे असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण त्याे प्रतिवेदन आज १२ दिन ढिला बुझाइएको छ ।

कांग्रेसको गएकाे असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले पार्टीको १४ औँ महाधिवेशन आउँदाे भदौ १६ देखि १९ गतेसम्म काठमाण्डाैमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२, गाउँ/नगरपालिका अधिवेशन साउन १६, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu