Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

सरकारमा सहभागी हुने मन्त्रीका विषयमा स्थायी समिति बैठकमा छलफल हुने एक नेताले बताए। सरकारमा जाने मन्त्रीको विषयमा मापदण्ड बनाएर स्थायी समितिले पारित गर्ने भएको छ। माओवादीले शेरबहादुर देउवा सरकारमा ७ मन्त्रालयको भागवण्डा पाउने बताइएको छ।

यसअघि अर्थ मन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन्। अब माओवादीबाट ५ जना मन्त्री हुने छन्। केही दिन अघि एक कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४९ जना सांसदलाई नै मन्त्री चाहिएपछि आफू तनावमा परेको बताएका थिए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu