सबैको लघुवित्तको नाफा ११ करोडभन्दा बढी
काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू। ११ करोड ४३ लाख १६ हजार खुद नाफा गरेको छ । बुधवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष करिब २३२ प्रतिशतले नाफा बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू। ३ करोड ४४ लाख ४६ हजार मात्र खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीले रू। ३ करोड १ लाख १७ हजार खराब कर्जा संकलन गरेको छ भने खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षभन्दा ४९ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू। १५ करोड ९४ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू। २३ करोड ७६ लाख ५ हजार गरेको छ ।
गत वर्ष कम्पनीले सम्भावित जोखिम शिर्षकमा ५७ दशमलव ४२ प्रतिशत कम रकम छुुट्याएकाले सञ्चालन मुनाफा १७६ दशमलव ६२ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म रू। ४ करोड ५२ लाख ५७ हजार सम्भावित जोखिम शिर्षकमा छुट्याएको कम्पनीले गत वर्षृ रू। १ करोड ९२ लाख ६९ हजार मात्र छुट्याएको छ । जसका कारण अघिल्लो वर्ष रू। ५ करोड ४७ लाख ८ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू। १५ करोड १३ लाख ३६ हजार यो नाफा गरेको छ ।
१० दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू। २० करोड ६० लाख २७ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि १९५ दशमलव ९६ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू। ४ करोड ३२ लाख ५० हजार रहेको जगेडा कोष रकम यस वर्ष रू। १२ करोड ८० लाख ४ हजार कायम भएको छ ।
कम्पनीले करिब ६५ प्रतिशत बढी रू। २ अर्ब ४० करोड ७५ लाख ९९ हजार विभिन्न बैंक तथा वित्तीय संस्थासँग कर्जा सापटी लिएको छ भने ७४ प्रतिशत बढी रू। ३ अर्ब ४३ करोड ७४ लाख ८७ हजार कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले रू। ९० करोड २८ लाख ७२ हजार निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा १ दशमलव ६१ प्रतिशतदेखि बढेर २ दशमलव २५ प्रतिशत कायम भएको कम्पनीले आफ्ना सदस्यहरुलाई निक्षेपमा ४ देखि ९ प्रतिशतसम्म र कर्जामा १० प्रतिशतदेखि १५ प्रतिशत सम्म ब्याजदर कायम गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू। ५५ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ रू। १६२ दशमलव १३ रहेको छ । यस अवधिसम्म कम्पनीले २० दशमलव ३१ प्रतिशत तरलता व्यवस्थापन गरेको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले हाल देशका सात ओटै प्रदेशहरुका ४० जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले ७७ ओटा शाखा कार्यालयहरु मार्फत ५३ हजार ८२५ घरपरिवारमा लघुवित्त सेवा प्रदान गरेको जानकारी दिएको छ ।